बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

Munir Uz Zaman/AFP
Munir Uz Zaman/AFP

आरक्षणविरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बंगलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भइसकेको छ।

स्थानीय मिडियाहरुले सयौं मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन्। प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।

यसैबीच बंगलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा बिहीबार दिउँसो आगलागी भएको छ। आगलागीका कारण बिटिभीको प्रसारण रोकिएको छ।

गत जुन ५ मा रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो। अदालतको उक्त फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो।

प्रकाशित मिति: : 2024-07-19 09:00:00

प्रतिकृया दिनुहोस्