संसदको क्यालेन्डर: साउन १५ गतेसम्म ६ वटा बैठक सञ्चालन गर्ने

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।

बिहीबार सिंहदरबारमा भएको छलफलमा संघीय संसदको कार्यतालिका र विचाराधिन विधेयकहरुको बारेमा छलफल गरेका हुन्।

छलफलमा सदन चलाउने क्यालेन्डर र समितिका बैठकबारे साउन १५ गतेसम्मको क्यालेन्डर बनाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

उनले थपे, ‘साउन १५ गतेसम्मको छ दिनको बैठकको लातिका ६,७,८ र १३ १४ १५ यो निर्धारण भयो। अन्य दिनहरुमा समितिको बैठक बस्ने र समितिमा विचाराधिन विधेयकहरुमा छलफल चलाएर चाँडो सदनमा ल्याउने वातावरण बनाउने विषयमा छलफल भयो। कुन बैठकमा कुन विधेयकहरूमाथि छलफल गर्ने भनेर कार्यसूचि पनि बनाएको छौँ। थप छलफलको लागि भोलि १ बजे बस्ने हाम्रो कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ।’

त्यसैगरी प्रधानमन्त्रीको विश्वासको मतबारे समेत छलफल भएको बर्तौलाले बताए।

प्रकाशित मिति: : 2024-07-18 14:35:00

प्रतिकृया दिनुहोस्