अवैध सुनको कारोबार गर्ने मुख्य योजनाकार पक्राउ

Break n Links
Break n Links

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अवैध सुनको कारोवार गर्ने मुख्य योजनाकारलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका वडा नं. २ का विकास योन्जन रहेका छन्। ९६० ग्राम सुन तस्करीका योजनाकार उनलाई प्रहरीले मंगलबार चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८० को भदौ २५ गते बिहान साढे ९ बजे दुबईबाट हिमालयन एयरलाइन्सबाट बाबुलाल दोङ भन्ने काठमाडौँ आइपुगेका थिए।

उनले सुन ल्याएको छ भन्ने सूचना पाएपछि प्रहरीको टोलीले उनलाई काठमाडौँ महानगर वडा नम्बर ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर हिँड्दै गर्दा फेला पारेको थियो। प्रहरी वृत्त गौशालामा लग्दा उनले मलद्वारमा ९६० ग्राम सुन लुकाएर ल्याएको फेला परेको थियो।

उनीमाथि सोधपुछ गर्दा उक्त सुन विकासको भएको बयान दिएका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि दुबै जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित मिति: : 2024-07-16 19:06:00

प्रतिकृया दिनुहोस्