चितवनको सिमलतालस्थित त्रिशूली नदीमा दुई बससहित ६२ जना बेपत्ता मानिसको खोजीका लागि इकोसाउन्डर उपकरण प्रयोग गरिएको छ।
शुक्रबारदेखि बेपत्ता बस र मानिसको आइतबारसम्म नेपालमै उपलब्ध पानी भित्र प्रयोग गरिने क्यामेरालगायतले खोजी गरिँदा पनि कुनै उपलब्धि हुन सकेको थिएन।
त्यसपछि बाहिरी विदेशबाट ३०० मिटर गहिराइसम्म ट्रयाक गर्न सक्ने इकोसाउन्डर उपकरण ल्याएर सोमबारदेखि खोजी गरिन लागेको हो।
गृहमन्त्रालय अन्तर्गत गठित विपद् कमाण्ड पोष्टका संयोजक भीष्मकुमार भुसालकाअनुसार सशस्त्र प्रहरी बल नेपालको समन्वय अहिले खोजी कार्य भइरहेको छ।
शुक्रबार बिहान साढे ३ बजे काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुवै बस त्रिशूलीमा बगेका थिए।
गौरतर्फ गइरहेको बसमा २७ जना र वीरगंजबाट काठामाडौँतर्फ आइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए। जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन्।
अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ। हालसम्म बस भेटिएको छैन।