एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) नेपालकाे प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

नेकपा (माओवादी केन्द्र)बाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पाैडेलले साेही दिन नै नयाँ सरकार गठनका लागि संविधानकाे धारा ७७ (२) अनुसार आव्हान गरेका थिए।

ओलीले नेपाली काँग्रेससहितका दलहरुकाे समर्थनमा बहुमत सांसदहरुकाे हस्ताक्षरसहित शुक्रबार राति साढे नाै बजे दाबी पेस गरेका थिए। साेही दाबीअनुसार पाैडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए। त्यसैले आज साँझ ५ बजेपछि मात्रै ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन्।

सपथ भने भाेलि हुने जनाइएकाे छ।

प्रकाशित मिति: : 2024-07-14 07:28:00

प्रतिकृया दिनुहोस्