नयाँ सरकार गठनका लागि बाटो खुल्यो, प्रधानमन्त्री ओली कि देउवा?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत पाउन नसकेसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। 

शुक्रबार २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत पाउनु पर्नेमा प्रचण्डले ६३ मत मात्र प्राप्त गरेपछि उनी पदमुक्त भएका छन्। 

प्रचण्ड पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपति कार्यालयमा पठाएपछि अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। 

काँग्रेस–एमालेको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। तर संविधानको धारा ७६ को उपचार २ वा ३ अनुसार सरकार बनाउने भन्नेमा अन्योल रहेको छ। 

उपधारा २ अनुसार राष्ट्रपतिले सरकार गठनको आह्वान गरेमा ओली प्रधानमन्त्री बन्नछन्। अन्यथा ३ अनुसार सरकार गठनको आह्वान भएमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधामन्त्री बन्नेछन्।

यो पनि– 
प्रकाशित मिति: : 2024-07-12 17:41:00

प्रतिकृया दिनुहोस्