कस्तो लाटो म!

Break n Links
Break n Links

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘स्वर्ग र नर्क सँगै जाने’ कसम खाएकै दिन एमालेले धोका दिएर काँग्रेससँग मिल्न गएको बताएका छन्। 

‘स्वर्ग र नर्क सँगै जाने कुरा १७ गते बिहान भएको थियो। मिलेर ८४को चुनाव पनि सँगै लड्ने पार्टी पनि एउटै बनाउने भनेपछि म त मख्खै परें। क्याबिनेटमा गएँ। त्यहाँ अरु मन्त्रीहरूले भन्नुभएको थियो सहमति भइसकेको छ भन्नुभयो तर एमाले अध्यक्षसँग चार घण्टा कुरा भएको छ ढुक्क भएर काम गर्नुस् भनें’ संसदमा प्रधानमन्त्रीका रुपमा अन्तिम सम्बोधन गर्दै उनले भने ‘तर कस्तो लाटो म। मलाई झुक्याइएको थियो। म झुक्किएँ। म त्यसको नैतिक जिम्मेवारी लिन तयार छु।’

प्रकाशित मिति: : 2024-07-12 13:21:00

प्रतिकृया दिनुहोस्