पहिराले घर पुरिँदा छाेराकाे मृत्यु, आमाकाे उद्दार

फाइल तस्विर
फाइल तस्विर

कास्कीमा पहिराले घर पुरिँदा एक युवककाे मृत्यु भएकाे छ।

पाेखरा महानगरपालिका- २७ सहेलापाटामा पहिराले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ।

प्रहरीका अनुसार भीमबहादुरकी आमा कमलाकाे भने उद्दारी गरिएकाे छ।

आज (बुधबार) बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए।

प्रकाशित मिति: : 2024-07-10 08:44:00

प्रतिकृया दिनुहोस्