मंगलबार स्थगित एमाले सचिवालय बैठक आज बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज (बुधबार) बस्दैछ।

यसअघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो। बैठक बिहान ११ बजे बस्ने भएको छ।

एमाले सचिवालय बैठकले २०८१को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2024-07-10 07:01:00

प्रतिकृया दिनुहोस्