१५.७९ अंकले बढ्यो नेप्से

मंगलबार (आज) सेयर बजार नेप्से बढेको छ। आज नेप्से परिसूचक १५.७९ अङ्क बढेर बन्द भएको हो।

मंगलबार २१५२.१४ विन्दुमा बन्द भएको नेप्सेको कारोबार रकम बढेर ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भयो।

सेन्सेटिभ इन्डेक्स ३.४७ अंक बढ्यो भने फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३२ अंकले बढेको छ। मंगलबार गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ।  साथै युनिक नेपाल लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढ्दा नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ४ प्रतिशतले घटेको छ।

नेपाल फाइनान्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भयो भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ। १३ उपसमूहमध्ये मंगलबार ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति: : 2024-07-09 16:43:00

प्रतिकृया दिनुहोस्