अशोक राई नेतृत्वको जसपाले फिर्ता लियाे सरकारलाई दिएकाे समर्थन

File Photo
File Photo

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ।

शुक्रबार बसेकाे जसपा संसदीय दलको बैठककाे निर्णयअनुसार आजकै मितिबाट लागू हुनेगरी सरकारलाई समर्थन फिर्ता लिएकाे हाे।

जसपाका अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै उनकाे नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे जानकारी दिएका छन्।

‘उपरोक्त विषयमा हाल तपाईको नेतृत्वमा गठित सरकारलाई दिएको समर्थन मिति २०८१/०३/२१ गते सम्पन्न पार्टीको बैठकको निर्णय अनुसार आजकै मितिबाट लागु हुने गरी फिर्ता लिएको जानकारी गराउँदछौँ’, उनले भनेका छन्।

प्रतिनिधिसभामा जसपाका ७ सांसद रहेका छन्। त्यसमध्ये प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप यादव स्वास्थ्य र नवल किशोर शाह वनमन्त्री रहेका छन्।

नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता सहकार्य गर्ने सहमति भएपछि यसअघि एमालेले पनि बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे थियाे। यससँगै प्रचण्ड अल्पमतमा परेका छन्।

प्रकाशित मिति: : 2024-07-05 17:57:00

प्रतिकृया दिनुहोस्