प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ: महासचिव भुसाल

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएको छ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस-एमालेको सहमतिप्रति अझै विश्वस्त हुने ठाउँ नभएकाले सरकारलाई दिएको समर्थन कायमै रहेको र आवश्यक परे विश्वासको मत पनि दिने बताएका हुन्।

उनले संबिधान संशोधनको बारेमा दुवै दलले स्पष्ट व्याख्या नगरेको र आफूहरुसँग पनि कुनै छलफल नगरेको बताए।

महासचिव भुसालले जारी महाधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2024-07-04 17:31:00

प्रतिकृया दिनुहोस्