एमालेका मन्त्रीहरुकाे राजीनामा स्वीकृत, ८ मन्त्रालयकाे कार्यभार प्रधानमन्त्रीलाई

Break n Links
Break n Links

नेकपा एमालेका मन्त्रीहरुले दिएकाे राजीनामा स्वीकृत भएको छ।

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष दिएकाे राजीनामा बिहीबार स्वीकृत भएको हाे।

बुधबार एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम दिएकाे राजीनामा स्वीकृत गरी उनीहरुले सम्हालेको ८ मन्त्रालयकाे कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका छन्।

प्रकाशित मिति: : 2024-07-04 15:21:00

प्रतिकृया दिनुहोस्