नयाँ गठबन्धनबारे छलफल भइरहेकाे छ, छिट्टै बैठक बसेर निर्णय गर्छाैं: जसपा

Break n Links
Break n Links

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नयाँ गठबन्धनबारे छलफल भइरहेकाे बताएकाे छ।

नेपाली कांग्रेस-नेकपा एमालेकाे नयाँ गठबन्धनबारे छलफल भइरहेकाे र छिट्टै बैठक बसेर निर्णय गरिने महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए।

परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आज साँझसम्म पदाधिकारी बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरिने उनले बताए।

जसपाका अध्यक्ष अशोक राई अस्वस्थ भएकाे कारणले निर्णय गर्न ढिलाइ भएकाे महासचिव राईले बताए।

‘अध्यक्षज्यू अस्वस्थ हुनुभएकाे कारणले गर्दा निर्णय गर्न ढिलाइ भएकाे हाे। आजै साँझसम्म वा एक/दुई दिनभित्र पदाधिकारी बैठक बसेर नयाँ गठबन्धनबारे निर्णय गर्छाैँ, उनले भने।’

जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।

प्रकाशित मिति: : 2024-07-04 12:01:00

प्रतिकृया दिनुहोस्