रविलाई महामन्त्री ढकालको प्रश्न- बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ?

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिनुपर्ने बताएका छन्।

बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा पेश गरेका प्रस्तावमा महामन्त्री ढकालले सभापति लामिछानेले बोलेका कुराहरु पूरा गर्नुपर्ने बताए।

‘सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो। राजनीतिमा आएपछि बोलेका सबै कुराहरू। यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलिहरुको अभिलेखिकरणका लागी। अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलव छन्। हिजो किन बोल्नु भयो? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो। रिजल्ट चाहियो। र अनुरोध छ, अबका दिनमा काम गरेपछी मात्र बोल्नु होला’, उनले भनेका छन्।

ढकालले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति गठन गर्नसमेत माग गरेका छन्।

यस्ताे महामन्त्री ढकालकाे प्रस्ताव:

सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो। राजनीतिमा आएपछि बोलेका सबै कुराहरू। यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलिहरुको अभिलेखिकरणका लागी। अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलव छन्। हिजो किन बोल्नु भयो? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो। रिजल्ट चाहियो। र अनुरोध छ, अबका दिनमा काम गरेपछी मात्र बोल्नु होला।

मेरो पक्षमा आज कति जना हुन्छन्, त्यो गौण छ। यो अङ्कको कुरो होइन? लोकतान्त्रिक मुल्य र मान्यताका कुरा हुन्? सत्य र असत्यको कुरा हो। देउवा ओलि र प्रचण्डको पक्षमा पनि शत प्रतिशत मत होला। उनीहरूका गल्ती देखाउनेको पक्षमा ती पार्टीभित्र कोहि छैनन् होला तर के ती सहि छन् त सभापति ज्यू? प्रश्न आउला, हाम्रा सभापतिलाई देउवा, ओली र प्रचण्डसँग कम्पेयर गर्ने? कम्पेयर गरेर राम्रा हाम्रै सभापति भनौंला तर सभापतिको ती नेतासँग फोटाहरू निरन्तर आइरखेका छन्, त्यो पनि सँगै सभापतिलाई देउवा, ओलि र प्रचण्डसँग दाँजेर को कति ठीक, को कता ठीक भन्ने बेला भइसक्यो मेरो चाहना त दाँज्ने तहको नहोस् भनेको धेरैमाथि हुनपर्छ सभापति ज्यू, दाँजिने तहमा होइन। राजनेता बन्न पर्यो सभापति ज्यू, नेता मात्र बनेर पुगेन। तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापति ज्यू, समीक्षा गर्नुहोस्।

सभापति ज्यू, झिँगासँग उडियो भने 'गूमा पुगिन्छ। मौरीसँग उड्यो भने 'मह'मा पुगिन्छ। मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन। हजुर पनि झिँगासँग उड्न थालेको हो कि, त्यस्तो आभास हुन थालेको छ। मौरीसँग उडौं, जनतालाई मह खुवाऔं।

मेरा कुराहरू सुनेर सभापति ज्यू, केन्द्रीय सदस्य ज्यूहरु कोहि पनि नरिसाउनु होला। सच्चिऔं। मैले म चै नसच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन। मैले खाली सच्चिनु अघि केहि गल्तीहरु गरे होला। म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने।

पूर्णपाठ :

प्रकाशित मिति: : 2024-07-03 13:09:00

प्रतिकृया दिनुहोस्