रास्वपा बैठक: महामन्त्री ढकालकाे मुखमा कालो टेप, लाइभ नगरेको विरोध

Photo -slp
Photo -slp

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण नगरेको विरोधमा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएका हुन्।

उनले मुखमा मास्क लगाएर बाहिरबाट कालाे टेप लगाएर बैठकमा सहभागी भाएका छन्। आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको ढकालकाे भनाइ छ।

आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ।

प्रकाशित मिति: : 2024-07-03 10:27:00

प्रतिकृया दिनुहोस्