सरकारबाट मन्त्री फिर्ता गर्न किन डरायो एमाले?

Break n Links
Break n Links

सरकार निर्माणका लागि नेपाली काँग्रेससँग नयाँ सत्ता समीकरण गरेकाे नेकपा (एमाले) सरकारलाई दिएकाे समर्थन र मन्त्री फिर्ता गर्नबाट डराएकाे छ।

आफ्नाे नेतृत्वमा सरकार बनाउने गरी साेमबार राति काँग्रेससँग सहमति गरेकाे भएपनि एमालेले अहिलेसम्म सरकारलाई दिएकाे समर्थन र मन्त्री फिर्ता गरेकाे छैन।

अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान बालुवाटार पुगेर नयाँ सरकार निर्माणकाे सहमति सुनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुराेध गरेका थिए। स्वभाविकरुपमा मार्ग प्रशस्त नगरे सरकारलाई दिएकाे समर्थन गर्ने र मन्त्रीहरुले राजीनामा दिने चेतावनी ओलीले दिएका थिए।

यद्यपि, एमालेका मन्त्रीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन।

किन दिएनन् राजीनामा?

नयाँ सत्ता समीकरणकाे सहमतिअनुसार ओलीकाे नेतृत्वमा राष्ट्रिय सहमतिकाे सरकार निर्माण याेजना रहेकाे र साेहीअनुसार माओवादीलगायत अन्य दलहरुलाई राष्ट्रिय सहमतिकाे सरकारमा सहभागी हुन आव्हान गरिएकाेले तत्काल मन्त्री फिर्ता नगरिएकाे एमाले प्रमुख सचेत महेश बर्ताैलाले बताए।

‘याे अहिले बनाउन खाेजेकाे राष्ट्रिय सहमतिकाे सरकार हाे, त्यस कारणले गर्दा समर्थन फिर्ता लिने नलिने भन्दा पनि राष्ट्रिय सहमतिकाे सरकार निर्माणका लागि माओवादीसहित अरु दलहरुलाई हाम्राे अपिल हाे’, बर्ताैलाले भने, ‘यदि उहाँहरुले त्याे (राजीनामा) गर्न चाहनुभएन भने त्यसमा हामीले अन्यथा लिँदैनाैँ। बेलुकासम्म हेर्छाैँ अनि हामी भाेलि अर्काे निर्णय गर्छाैँ।’

उनले प्रधानमन्त्रीले स्वभाविकरुपमा राजीनमा नदिए भाेलिबाट अर्काे चरणकाे एक्सन लिने उल्लेख गरे।

यता, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने र ३० दिनभित्र विश्वासकाे मत प्राप्त गरेरै छाड्ने चेतावनी दिएका छन्।

सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादीका मन्त्रीहरुले पनि तत्काल राजीनामा नदिने बताएका छन्।

प्रकाशित मिति: : 2024-07-03 10:26:00

प्रतिकृया दिनुहोस्