शिक्षाको विकासका लागि संघीय र प्रदेश सरकार दुवै गैरजिम्मेवार भयो: प्रभु साह

Break n Links
Break n Links

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले शिक्षाको विकासका लागि संघीय र प्रदेश सरकार गैरजिम्मेवार भएको बताएका छन्।

मंगलबार एसईईमा उत्तीर्ण उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवं पुरस्कार वितरणका लागि मौलापुर नगरपालिकाले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।

विद्यार्थीको संख्या अनुपातअनुसार शिक्षकको व्यवस्था नगर्ने सरकारले शिक्षामा परिवर्तन ल्याउन नसक्ने उनले बताए।

रौतहट-३ का सांसद समेत रहेका आजपा अध्यक्ष साहले मधेसको विकासका लागि सरकारले विद्यार्थी अनुपातअनुसार शिक्षकको व्यवस्था गर्नुपर्ने मागसमेत गरे।

‘संघीय सरकारले विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्छ। तर मधेसको हकमा त्यो लागु भएको छैन। संघीय सरकार मात्रै नभएर प्रदेश सरकार समेत गैरजिम्मेवार छ। शिक्षाको बिकासका लागि, विद्यार्थीको भविष्य उज्जवल बनाउँन उनीहरु जिम्मेवार ढंगले लागेका छैनन्’, साहले भने, ‘मधेसको शिक्षाको विकासका लागि यहाँ विदार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्छ। त्यसका लागि सबैले पहल गर्नुपर्ने आवश्यक छ। सरकार गैरजिम्मेवार भएकाले यहाँ शिक्षक नै दिन सक्दैन। यो गैरजिम्मेवार सरकारले शिक्षालाई स्तरीय बनाउन असफल रहेको छ।’

देशैभरी एसईई परिक्षामा उत्तीर्ण हुनेको संख्या घटदो मात्रमा रहेको बेला मौलापुरमा उत्तीर्ण हुनेको संख्या बढ्दै गएकोमा उनले नगरपालिकाकी मेयर रिनाकुमारी साह, शिक्षक, व्यवस्थापन समिति लगायतलाई विशेष धन्यवाद दिएका छन्।

विद्यार्थी अनुपात अनुसार शिक्षकको व्यवस्था संघीय सरकारले नगरेपछि मौलापुर नगरपालिकाले आफ्नो आधीभन्दा बढी बजेट शिक्षामा लगानी गर्दै ६५ भन्दा बढी नगर शिक्षकको व्यवस्था गरी नगरको शिक्षा स्तरीय बनाएकोमा साहले सबैलाई शुभकामना व्यक्त गरे।

रौतहटको मौलापुर नगरपालिकामा सञ्चालित विभिन्न सामुदायिक विद्यालयले एसईई परिक्षामा ७५ प्रतिशत विधार्थी विभिन्न श्रेणीमा उत्तीर्ण भएका छन्।

मेयर साहको अध्यक्षतामा भएको कार्यक्रममा उत्तीर्ण उत्कृष्ट विद्यार्थीका साथै शिक्षकहरुलाई समेत सम्मान गरिएको छ।

मौलापुर नगरपालिकामा पाँच सामुदायिक विद्यालयबाट चार सय नौं विद्यार्थी एसईई परिक्षामा सहभागि भएका थिए। जसमध्ये तीन सय आठ विद्यार्थी बिभिन्न श्रेणीमा उत्तीर्ण भएको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबुप्रसाद साहले जनाएका छन्।

‘देशैभरी एसईई परिक्षामा विद्यार्थीको उत्तीर्णय संख्या ४७.८६ प्रतिशत छ। तर मौलापुर नगरपालिकामा एसईई परिक्षामा विद्यार्थीको उत्तीर्ण संख्या ७५ प्रतिशत रहेको छ। संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था यहाँ गरेको छैन। मौलापुर नगरपालिकाका मेयर रिना साहजीको विशेष पहलमा शिक्षामा बढी बजेट बिनियोजन गरेर यहाँको विद्यार्थीको पढाई राम्रो होस भन्ने उदेश्यले अगाडी बढदा यहाँको परिणाम राम्रो आएको हो’, निमित प्रमुख प्रशासकिय अधिकृत साहले भने। 

मौलापुरमा विद्यार्थी अनुपातअनुसार एक सय ८० शिक्षकको आवश्यकता छ। तर यहाँ ६० शिक्षक मात्रै छ। विद्यार्थी अनुपातअनुसार सरकारले शिक्षक उपलब्ध नगराएपछि मौलापुर नगरपालिकाले आफ्नो बजेटको आधिभन्दा बढी बजेट शिक्षामा खर्च गर्दै आएको छ।

मौलापुर नगरपालिकाले ६५ जना नगर शिक्षक थपेर पालिकाको शिक्षालाई स्तरीय बनाएको छ। मौलापुरका मेयर साहको सोही प्रयास एवं शिक्षकको अत्याधिक मिहिनेतका कारण आज एसईई परिक्षाको परिणाम पनि राम्रो आएको छ।

मौलापुर नगरपालिकाको गम्हरिया माविको ९० प्रतिशत, लक्ष्मीमिया माविको ८९.४७ प्रतिशत, पथराबुधरामस्थित माविको ८० प्रतिशत, जनता मावि सोनरनियाको ६५.०४ प्रतिशत, मर्यादपुर माविको ५१.७२ प्रतिशत विद्यार्थी बिभिन्न श्रेणीमा उत्तीर्ण भएका छन्।

प्रकाशित मिति: : 2024-07-02 18:17:00

प्रतिकृया दिनुहोस्