दुई पटक सर्किट ब्रेक लागेको नेप्से ४७ अंकले बढ्यो, ४ अर्ब ५७ करोड बढी कारोबार

Break n Links
Break n Links

नेप्से परिसूचक ४७.०४ अंक बढेको छ। मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१ सय विन्दुमा रोकिएको हो।

आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो। त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो।

११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो। त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार ओरालो लागेको थियो।

आज हिमालयन डिष्टिलरीको शेयर मुल्य सबधिक ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ६.९६ प्रतिशतले बढेको छ। त्यसैगरी आज उपकार लघु वित्तको सबधिक ५.७४ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोको शेयर ५.५१ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको १२ करोड ३३ लाख बराबरीको कारोबार भएको छ भने गुडविल फाइनान्सको ११ करोड १० लाख रकम कारोबार भएको छ।

कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै शेयर बजारमा हरियाली आएको बताइएको छ। 

प्रकाशित मिति: : 2024-07-02 15:48:00

प्रतिकृया दिनुहोस्