देउवाले बोलाए विपक्षी दलहरूको बैठक

Break n Links
Break n Links

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन्।

सभापति देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएका हुन्।

मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएकाे हाे।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दललाई बोलाएको बताइएको छ।

बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि नयाँ सरकारमा सहभागी हुन आग्रह गरिने बताइएको छ।

प्रकाशित मिति: : 2024-07-02 13:21:00

प्रतिकृया दिनुहोस्