कांग्रेस–एमालेबीच सत्ता गठबन्धन गर्ने सहमतिः प्रधानमन्त्री बन्दै ओली

Break n Links
Break n Links

संसद्का प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ।

ललितपुरको भिभान्ता होटलमा दुई दलका दोस्रो तहका नेताहरूले सहमतिको मस्यौदालाई अन्तिमरुप दिएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको एमालेका एक पदाधिकारीले जनाएका छन्।

सोमबार राति एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले तयार पारेको सहमति अनुसार एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति भएकाे छ।

त्यस्तै, एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको एमाले स्राेतकाे दाबी छ।

निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको छ।

प्रकाशित मिति: : 2024-07-01 23:53:00

प्रतिकृया दिनुहोस्