आएका सबै समाचार सत्य हाेइनन्, सरकार ढल्दैन: सञ्चारमन्त्री शर्मा (भिडियाे)

File Photo
File Photo

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सत्ता समीकरण परिवर्तनका विषयमा चलेका हल्ला सत्य नभएकाे बताएकी छन्।

साेमबारकाे मन्त्रिपरिषद् बैठकपछि सिंहदबारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले सरकार नढल्ने जानकारी दिइन्।

‘सत्ता समीकरण फेरबदलका विषयमा आएका सबै समाचार सत्य हाेइनन्, सरकार ढल्दैन’, उनले भनिन्। उनले एमालेसँग अरु विषयमा विमति भए पनि सत्ता समीकरण फेर्ने विषयमा कुनै समस्या नरहेका बताइन्।

बैठकमा बाहिर मिडियामा आएका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिफ्रिङ गराएकाे बताइन्।

बिफ्रिङका क्रममा प्रधानमन्त्रीले बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट भएकाे, त्यसक्रममा पनि त्यस्ता केही कुरा नभएकाे र याे सरकार लामै समय जाने उल्लेख गरेकाे उनकाे भनाइ छ।

सञ्चार सञ्चालनमा अवराेध गर्ने समीकरण परिवर्तनका हल्ला फैलाइरहेकाे हुन सक्ने मन्त्री शर्माकाे भनाइ छ। ‘अहिले याे सरकार जसरी अगाडि बढेकाे छ, त्यसरी अगाडि नजाओस् भन्ने पनि कसैकसैमा हाेला। यसलाई मिडिया ट्र्रयाल भनाैँ वा के भनाैँ बाहिर गलत समाचार आइरहेका छन्।’

प्रकाशित मिति: : 2024-07-01 18:41:00

प्रतिकृया दिनुहोस्