याे वर्ष प्रधानमन्त्री बन्छु जस्ताे लाग्दैन: केपी ओली

File Photo
File Photo

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले याे वर्ष आफू प्रधानमन्त्री बन्ने सम्भावना नरहेकाे बताएका छन्।

साेमबार संसद भवनमा पत्रकारहरुसँगकाे कुराकानीमा ओलीले याे वर्ष प्रधानमन्त्री बन्ने सम्भावना नरहेकाे बताएका हुन्।

‘तपाईं प्रधानमन्त्री हुँदै हुनुहुन्छ रे, कहिले लिनुहुन्छ सथप?’ भन्नेमा ओलीले भने, ‘याे वर्ष प्रधानमन्त्री हुन्छ जस्ताे लाग्दैन मलाई।’

पत्रकारले फेरि साेधेका थिए- देश र जनताले तपाईंलाई पूरै प्रधानमन्त्रीकाे रुपमा हेर्न चाहन्छन्। याे प्रश्नमा ओलीले जवाफ दिए, ‘त्याे त राम्राे कुरा हाे।’

पछिल्लाे समय शीर्ष नेताहरूकाे भेटवार्ता बाक्लिरहेकाे छ। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ।

कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको चर्चापछि सत्ता समीकरणमा हलचल पैदा भएको देखिएको छ। साेही सन्दर्भमा पत्रकारहरुले ओलीलाई प्रश्न साेधेका हुन्।

यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो। सोमबार बिहान पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता भएकाे थियाे।

प्रकाशित मिति: : 2024-07-01 16:35:00

प्रतिकृया दिनुहोस्