२५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी छ, काेही पनि बेचैन हुनुपर्दैन: गृहमन्त्री (भिडियाे)

Break n Links
Break n Links

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले यस्ताे बताएका हुन्।

भ्रष्टाचार नियन्त्रणका लागि सरकार निरन्तर लागि परिरहेकाे बताउँदै उनले भने, ‘बजेट, नीति तथा कार्यक्रममा व्यवस्था भएअनुसार भइरहेका काण्डहरू मात्रै हाेइन, कुनै पनि कालखण्डमा भएका काण्डहरूमध्ये २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेकाे कुरा मैले सम्मानित सदनमा गराइसकेको छु। त्यस कारणले काेही पनि बेचैन हुनुपर्दैन। भ्रष्टाचारमा काेही पनि मानिसहरू संलग्न छन् भने त्यसमा निर्मम भएर कारबाही गरिन्छ। त्याे साहस, आँटका साथ प्रस्तुत भएका छौँ ’, उनले भने।

प्रकाशित मिति: : 2024-07-01 14:34:00

प्रतिकृया दिनुहोस्