बेचन झालाई केन्द्रमा राखेर दोस्रो चरणको अनुसन्धान सुरु, उच्च राजनीतिक तहसम्म पुग्ला?

रातोपाटी

दुर्गा दुलाल

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको छ। पहिलो चरणको अभियोग पत्र जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको छ भने राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेसँगै दोस्रो चरणमा अनुसन्धान सुरु भएको हो। 

नेपाल प्रहरीको विशेष ब्युरोले भारतबाट पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको थियो। शुक्रबार भारतबाट पक्राउ गरिएका झालाई आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको थियो। 

प्रकाशित मिति: : 2024-07-01 09:38:00

प्रतिकृया दिनुहोस्