देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (साेमबार) बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्दैछ।

सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा काँग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।

प्रकाशित मिति: : 2024-07-01 08:32:00

प्रतिकृया दिनुहोस्