भारी वर्षाले भैरहवा जलमग्न

थाेरै समय परेकाे भारी वर्षाले भैरहवाको मुख्य बजार जलमग्न भएकाे छ।

आइतबार केही समय मात्रै भएको भारी वर्षाले बैंकरोड, प्रहरी टोल, मिलनचोक, मैत्री पथलगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो।

पानीको निकास नभएको कारण सडकमा पानी जमेको छ। नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्यको समस्या खेप्दै आएका छन्।

भैरहवाको मुख्य बजार बैंकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो। जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा पानी पसेको छ।

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा केही घण्टामात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ।

प्रकाशित मिति: : 2024-06-30 18:22:00

प्रतिकृया दिनुहोस्