आज संसद् दिवस मनाइँदै

आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ। हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ।

नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ। नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ।

यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताएका छन्।

यस्तै उनले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनुपर्ने बताएका छन्। 

प्रकाशित मिति: : 2024-06-30 10:03:00

प्रतिकृया दिनुहोस्