कपाल झरेर दिक्क हुनुहुन्छ ? खानुहाेस् यी खानेकुराहरू

file photo
file photo

‘छ्या कति कपाल झरेको’ यो अधिकांश महिलाको मुखमा झुडिने शब्द हो। घरमा वा अफिस जाँदा कपाल कोर्नु दैनिकी काम हो। तर, कपाल झर्ने समस्या नौलो होइन्। यो अहिले हामीमध्ये अधिकांश व्यक्तिको समस्या हो।

अलि-अलि कपाल झर्नु चिन्ताजनक होइन। तर केहीमा कपाल झने समस्या यति व्यापक हुन्छ कि तालु खुइले भइने स्थिती आउँछ। कपाल झरेर चिन्तित हुनु भन्दा यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा सोच्नुपर्छ।

कहिलेकाहीँ पोषणको अभावका कारण कपाल झर्न थाल्छ। यस्तोमा कपाल झर्न नदिन कपालको पोषणका लागि आवश्यक खानेकुरा खानु पर्छ। कपालका लागि बायोटिन ‘बी’ सेभेन भिटामिन निकै जरुरी छ। यो भिटामिनले कपाललाई भित्रैदेखि बलियो बनाइराख्छ र झर्नबाट बचाउँछ।

अन्डामा धेरै  मात्रामा बायोटिन पाइन्छ। यसले कपाललाई पोषण त दिन्छ नै झर्नबाट पनि रोक्छ। कपाललाई चम्किलो पनि बनाउँछ। मेथीको दाना, चिया सिड, आलस, खबरूजा र सूर्यमुखीको बियाँ पनि बायोटिनको राम्रो स्रोत हो। यसमा पाइने प्रोटिन र भिटामिनले कपाललाई बलियो पनि बनाउँछ। 

सखरखन्डा पनि कपालको स्वास्थ्यका लागि उपयोगी खानेकुरा हो। यसमा बायोटिन र बिटा क्यारोटिन हुन्छ। यी दुवै भिटामिन ‘ए’ मा परिणत हुन्छन्। भिटामिन ए कपालको विकासका लागि जरुरी तत्व हो।

प्रकाशित मिति: : 2024-06-27 07:36:00

प्रतिकृया दिनुहोस्