पोखरा महानगरको बजेट ७ अर्ब ५१ करोड

Break n Links
Break n Links

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ।

आगामी वर्ष कार्यान्वयन हुने गरी उपमेयर मन्जुदेवी गुरुङले ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड रुपैयाँ बढी हो।

पोखराले चालू आर्थिक वर्षमा ७ अर्ब ८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ। आगामी आर्थिक वर्षको पूरा बजेटमध्ये आगामी वर्षका लागि संघ सरकारले ४ अर्ब २० करोड अनुदान दिनेछ भने प्रदेश सरकारले ९ करोड ६३ लाख अनुदान दिने बजेटमा उल्लेख छ।

पोखराले १ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ। संघ सरकारले राजश्व बाँडफाँट मार्फत ३८ करोड ३३ लाख रुपैयाँ उपलब्ध गराउने छ भने प्रदेशले राजश्व बाँडफाँटमै ९ करोड ७२ लाख दिने छ।

स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान रहेको गुरुङले बताइन्।

प्रकाशित मिति: : 2024-06-24 20:09:00

प्रतिकृया दिनुहोस्