गृहमन्त्रीलाई विश्वप्रकाशकाे प्रश्न- लोकेसन पत्ता लाग्याे भनेर जीबी राईलाई भगाउन खाेजेकाे हाे?

File Photo
File Photo

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जाेडिएका जीबी राईको लोकेसन पत्ता लाग्याे भन्ने गृहमन्त्री रवि लामिछानकाे भनाइप्रति आशंका व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बाेल्दै उनले जीबी राईको लोकेसन पत्ता लाग्याे भनेर फुक्नु उनलाई भगाउने नियती हाे भन्दै प्रश्न गरे।

‘गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार छ र एकजा गृहमन्त्री हुनुहुन्छ। सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ उनले भने त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ? अभियुक्त पक्रिने नयाँ शैली हो? केटाकेटीपन हाे या भगाउने नियत हो?’

सांसद शर्माले देशलाई जीबीकाे लोकेसन चाहिएकाे नभइ जीबी राई चाहिएकाे बताए।

‘देशलाई जीबीकाे लोकेसन चाहिएकाे हाेइन, देशलाई जीबी राई चाहिएकाे हाे। अब त्याे लाेकेसनमा गेट बनाएर कार्पेट ओछ्याएर अनि बल्ल दुई पक्षीय वार्ता हुने हाे?’, उनले भने।

शर्माले सरकारले जीबी राईलाई पक्राउ गर्न नचाहेकाे बताए। ‘गृहमन्त्रीजीले लोकेसन पत्ता लाग्याे भनेर भन्नुभएकाे चार दिन भयाे। सरकारले पक्रिनै चाहेन। पक्रिन चाहेकाे भए किन यतिकाे दिन लाग्छ?’, उनले भने, ‘लाेकेसन पत्ता लागिसकेपछि पनि चार दिन किन लाग्छ? मलेसियाकाे सरकारसँग समन्वय गरेर।’

प्रकाशित मिति: : 2024-06-23 12:48:00

प्रतिकृया दिनुहोस्