केपी ओलीलाई विश्वप्रकाशकाे चुनौती- काँग्रेसमाथि दोष लगाउनुभयाे, खोल्नुस् गिरीबन्धुको फाइल

File Photo
File Photo

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेट जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन्।

बिहीबार काठमाडौँमा आयोजित काँग्रेसनिकट महिला संघको कार्यक्रममा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले गिरीबन्धुकाे जग्गा बचेर पैसा नखाएको भन्दै फाइल खोल्न चुनौती दिएका हुन्।

गिरीबन्धुबारे काँग्रेसमाथि लगाउँदा आफूहरू चुप नलागेरन बस्ने भन्दै उनले ओलीले उठाएको प्रश्नकाे जवाफ काँग्रेसले विवेकले दिने बताए।

‘भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयाे कि गिरीबन्धु प्रकरणमा काँग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो। त्यो उहाँको केपी कमरेडले लगाएकाे अधिकतम आवेगको कुरा हो। यद्यपि म केपी कमरेडलाई श्रद्धा गर्छु, मेराे जिल्लाबासी नेता हाे। तर, प्रश्न गर्ने कुरामा पछि हट्दिनँ। कि ०५२ सालमा एमालेकाे सरकार हुने, भूमिसुधार मन्त्री एमालेकै हुने, ०६० सालको सरकार सूर्यबहादुर थापाको हुने- भूमिसुधार मन्त्री काँग्रेस नहुने, ०७८ सालमा केपी ओलीको टाेटल सेट हाे। अनि त्याे गिरीबन्धुमा निर्णय हुँदा यही तीनवटा सरकारमा पालामा हुने, काँग्रेसै नभएको सरकारको दोष काँग्रेसमाथि लगाउने, हामी चुप लागेर सुन्नुपर्ने? उहाँकाे आबेग छ भन्दै गर्दा आबेगले उहाँले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि पर्दैन। काँग्रेले जवाफ दिन्छ’, विश्वप्रकाश शर्माले भने।

उनले थपे, ‘आज याे मिडियाकाे सामुन्ने याे च्याप्टर क्लाेज गर्न कमरेड केपी ओलीलाई आग्रह गर्न चाहन्छु। र के भन्न चाहन्छु भने, गिरीबन्धु प्रकरणमा यदि काँग्रेसले कमिसन खाएर कुनै जग्गा बेचेकाे एक टुक्रा जग्गा गुमाएकाे छ भने तपाईं पनि झापाको म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरू हुनुहुन्छ, खोल्नुस् गिरीबन्धुको फाइल।’

प्रकाशित मिति: : 2024-06-20 12:55:00

प्रतिकृया दिनुहोस्