कर्मचारीको अवरोधपछि संसद बैठक स्थगित

File Photo
File Photo

संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

प्रतिनिधिसभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो।

५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएकाेमा सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि संसद् चलाएपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए।

आजको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको थियो।

अब संसदको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ। 

प्रकाशित मिति: : 2024-06-19 18:57:00

प्रतिकृया दिनुहोस्