राष्ट्रपति र प्रधानमन्त्रीकाे विदेश भ्रमणबारे संसदलाई जानकारी गराइयाेस्: काँग्रेस

Break n Links
Break n Links

नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीकाे विदेश भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेकाे छ।

मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै काँग्रेस सांसद प्रदीप पाैडेलले राष्ट्रपति रामचन्द्र पौडेलकाे जर्मन भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे भारत भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन्।

उनले राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणका बारेमा संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगर्न सुझाव दिए।

‘अहिले सम्माननीय राष्ट्रपति जर्मनकाे भ्रमणमा हुनुहुन्छ। केही समयअगाडि सम्माननीय प्रधानमन्त्रीज्यू भारत भ्रमण सकेर स्वदेश फर्किनुभयाे। उहाँ फर्किएपछि संसदकाे बैठक ६ पटक बसिसक्याे। तर यी दुबै भ्रमणकाे बारेमा औपचारिक रूपमा संसदलाई जानकारी गराइएकाे छैन। राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणका बारेमा संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियाेस्’, सांसद पाैडेलले भने। 

प्रकाशित मिति: : 2024-06-18 12:36:00

प्रतिकृया दिनुहोस्