जयसवालको नेतृत्वमा आम उद्योग वाणिज्य संघ केन्द्रीय समिति गठन

Break n Links
Break n Links

आम जनता पार्टी (आजपा) निकटको आम उद्योग वाणिज्य संघको केन्द्रीय समिति चयन भएको छ। साजनकुमार जयसवालको संयोजकत्वमा समिति गठन भएको छ।

समितिको केन्द्रीय सदस्यहरुमा रौशनकुमार गुप्ता, प्रदीपकुमार गुप्ता, प्रेम शाह, वैधनाथ प्रसाद, प्रदिप थापा, पदमबहादुर तामाङ, पाल्देन तामाङ, सन्दीप ठाकुर, रामजी गुप्ता, सोनेलाल साह, अशोक शर्मा, विमल विश्वकर्मा, महेश बलम्पकी, आर्यन शाह, राजकुमार जयसवाल, सुनिल जयसवाल, आलोक सर्राफ, रुपेश जयसवाल, सुनिल जयसवाल, निशा कुमारी, रामेश्वर प्रसाद गुप्ता रहेका छन्।

यसैगरी सदस्यहरुमा विजय महतो, धर्मेन्द्र शाह, सुशील गुप्ता, किरण देवी, मन्नु राजन, अमित रौनियार, संजिव श्रेष्ठ, रामाशंकर साह, चन्दनकुमार गुप्ता, देवकुमार साह, दिनेश साह, निरज दुवे, उमेश साह, राकेश साह, राजु अन्सारी, सिकिन्दर शर्मा, सुनिल साह, रमाशंकर साह, रामायण साह, प्रेम साह, सन्दिप कुशवाहा, रामचन्द्र चौधरीलगायतका रहेका छन्।

केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकको उद्योग वाणिज्य क्षेत्रको विकास र विस्तारका लागि काम गर्न सुझाव दिएका छन्।

उद्योग वाणिज्य क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै उद्योग वाणिज्यका साथै उद्योगी, व्यापारीको सुरक्षाका लागि उनले सरकारलाई दबाब दिने जनाएका छन्।

सरकारको गलत नीति एवं कार्यक्रमका कारण मुलुकको उद्योगी व्यापारी असुरक्षित महशुस गरेको बताउँदै अध्यक्ष साहले मुलुकलाई समृद्ध बनाउन उद्योग मैत्री कानुन हुनुपर्ने बताए। उद्योग मैत्री कानुन निर्माणका लागि आफूले पहल गर्ने उनले जनाएका छन्।

प्रकाशित मिति: : 2024-06-18 11:31:00

प्रतिकृया दिनुहोस्