मधेसले देखेको ‘अन्तरिक्ष सपना’, बजेट आयो रुपरेखा केही छैन

Break n Links
Break n Links

मधेस प्रदेसले सूचना प्रविधि क्षेत्रमा एउटा आँट गरेर भनेको छ– ‘प्रदेस स्पेश तथा कम्युनिकेशन रिसर्च सेन्टर’ सञ्चालन गरिने। शनिबार मधेस प्रदेसले ल्याएको बजेटमा यो रिसर्च सेन्टर सञ्चालनका लागि बजेट छुट्याएको अर्थमन्त्री भरत साहले बताए।

तर उनले कति बजेट छुट्याएको त्यो भने भनेका छैनन्। बजेटमा पनि त्यसबारे यकीन गरिएको छैन। यद्यपि विश्वका खर्बपति एलन मस्कले अन्तरिक्षमा नयाँ गन्तव्य खोजीका लागि सञ्चालन गरेको ‘स्पेस एक्स’सँग मिल्दोजुल्दो नामबाट मधेस प्रदेसले ‘प्रदेस स्पेस तथा कम्युनिकेशन रिसर्च सेन्टर’ सञ्चालन गर्ने आँट भने गरेको छ। मस्कले अब पृथ्वीका मानिसको नयाँ गन्तव्य अन्तरिक्षमै हुने भन्दै आफूले एउटा ‘मूर्ख सपना’ पूरा गरेकै छोड्ने प्रण लिएका छन्। उनले अन्तरिक्ष यात्रीहरू पनि पठाइरहेका छन्। 

प्रदेस स्पेस सञ्चालन गर्ने जनमत पार्टीका अध्यक्ष तथा संघीय सांसद चन्द्रकान्त (सिके) राउतको पनि सपनासँग जोडिएको छ। उनी सूचना प्रविधि क्षेत्रमा धेरै काम गर्न सकिने बताउँदै आएका छन्। मधेस सरकारले आँट गरेको ‘प्रदेस स्पेश तथा कम्युनिकेशन रिसर्च सेन्टर’ सञ्चालनको योजना पनि सिके राउतकै सपनासँगै जोडिएको छ।

सिके रावत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेसमा सरकारको नेतृत्व पनि गरेको छ। जेठ २५ गतेदेखि मधेस प्रदेसको नेतृत्व गरेको जनमतले बजेट ल्याउँदा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। आइटी पार्कदेखि कोडिङ आर्मीसम्म सञ्चालन गर्ने मधेस प्रदेसको सपना छ। 

राजनीतिमा आउनुअघि राउत सूचना प्रविधिकै क्षेत्रमा काम गर्थे र उनले यसैमा डिग्रीसमेत लिएका छन्। विश्वका प्रख्यात वैज्ञानिकहरूको ‘सान’ मानिने अमेरिकाका बिबिएनमा उनले सन् २००९का केही महिना कम्प्यूटर बैज्ञानिकका रुपमा जागिर पनि खाएका थिए। 

‘स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर’ले के काम गर्छ? कतै एलेन मस्कले सञ्चालन गरेको स्पेशएक्सले जस्तै रकेट परीक्षण त गर्दैन भन्ने सवालहरू पनि उठिरहेको छ। मधेस प्रदेस सरकारकी गृह, सञ्चार तथा कानुन मन्त्री विमला अन्सारी रिसर्च सेन्टरका विषयमा के हुने भन्नेमा अझै कुनै रुपरेखाहरू नै नकोरिएको बताउँछन्। 

जनमत पार्टीका सांसद शम्भुप्रसाद साहले यस सेन्टरले के गर्ने भन्ने निर्क्योल भइनसकेको र यस वर्ष सम्भाब्यता अध्ययन गरिने बताए। ‘स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर’ले के गर्छ र कसरी काम गर्छ भन्ने त्यसै भन्न सकिने होइन’, उनले भने ‘यसको कन्सेप्टका विषयमा विज्ञहरूले अध्ययन गर्छन्। त्यसपछि मात्र के गर्ने, कति गर्ने भन्ने थाहा हुन्छ।’

कतिपय ‘स्पेस एण्ड कम्युनिकेशन रिसर्च सेन्टर’ले अन्तरिक्षसम्बन्धि अध्ययन मधेस प्रदेसले गर्ने भन्नेमा शंका ब्यक्त गर्छन्। संघीय सरकारले यस किसिमको अध्ययन गर्न आँट गर्न नसकेको समयमा प्रदेश सरकारले नै अन्तरिक्षसम्बन्धि अध्ययन गर्ने आँट गर्नुलाई आश्चार्यका रुपमासमेत हेरेका छन्।  

प्रकाशित मिति: : 2024-06-16 19:38:00

प्रतिकृया दिनुहोस्