‘च्याम्पियन लड्छ तर रोकिदैन...’

SAJID NADIADWALA PRODUCTION
SAJID NADIADWALA PRODUCTION

सन् १९६५ सालमा युद्ध घन्किदैं थियो, पाकिस्तान र भारतको।

त्यही युद्धमा एकजना युवकलाई गोली लाग्याे, हाेश फर्किदा उनकाे दुनियाँ नै बदलियाे। सदाका लागि उनी पक्षाघात राेगी भए।

आफू थला परेकाे सात वर्षपछि उनले पाराओलम्पिकमा भारतको लागि प्रतिस्पर्धा गरे।

र, पहिलो पटक व्यक्तिगत इभेन्टमा पाराओलम्पिकमा भारतका लागि स्वर्ण पदक जितेर विश्व च्याम्पियन बनेर इतिहास रचे।

कार्तिक आर्यनकार्तिक आर्यन

भारतको लागि इतिहास रचेका मुरलीकान्त पेटकरको जीन्दगीसँग प्रेरित छ–निर्देशक कबीर खान र अभिनेता कार्तिक आर्यनको फिल्म ‘चन्दु च्याम्पियन’।

मुरलीकान्त पेटकरको कथा

मुरलीकान्त पेटकरको कथा उनी विश्व च्याम्पियन हुनुभन्दा धेरै अघि सुरु हुन्छ। भारतीय सेनाको सिपाहीको हैसियतमा उनी ब्वाइज बटालियनमा थिए।

नोभेम्बर १, १९४४ मा महाराष्ट्रमा जन्मेका मुरलीकान्त पेटकर अहिले ८२ वर्षका छन् र उनी महाराष्ट्रको पुणेमा बस्छन्।

खेलकुद–कुस्ती, हक्की, एथलेटिक्समा उनी सधैं अग्रस्थानमा रहे।

मुरलीकान्त पेटकर

जब उनलाई गाेली लाग्याे उनी भीरबाट लडे। त्यसपछि उनलाई सेनाको ट्याङ्करले दाैडाएर अस्पतालमा भर्ना गराए। तर लामाे समयसम्म उनी अस्पतालकाे बेर्डमा लम्पसार परे।

हाेश गुम्याे

गाेली लागेर घाइते भएका उनी हाेशमा फर्किदा मेरुदण्डका राेगी भएका थिए। घाइते भएपछि मुरलीकान्त कसरी होशमा आए भन्ने कथा उनी भावुकताका साथ सुनाउँछन्,  ‘म १८ महिना अस्पतालमा कोमामा थिएँ र मेरो स्मरणशक्ति गुमेको थियो। एक दिन म अस्पतालको ओछ्यानबाट लडे। जब मेरो वरपरका मानिसहरू मलाई उठाउन आयो, डाँडाँबाट खसेको दिन याद आयो।’

उनले सबै कुराहरू सम्झिए। उनलाई लागेको थियो कि उनी पाकिस्तानी इलाकामा छन्। त्यसैले उनले आफ्नो अगाडि उभिएका जनरल ‘साब’ गर्धन समाते। ‘पहिला दुश्मनलाई मार्, त्यसपछि आफू मर् भनेर। हामीलाई सेनामा सिकाइएको थियो। त्यसैले मैले दुश्मन सम्झिएर जनरलको गर्धन समातेको थिए’, उनले भने, ‘उहाँ मलाई सम्झाउने कोसिस गर्नुभयो तर म मानिनँ।’

जब उनले जनरलको ‘आईडी’ र भार्तीय नर्स देख तब मात्र उनलाई विशवास लागेको थियो। त्यो दिन भने उनले धेरै कुटाइ खाए। तर जनरलले उनलाई बचाए। 

पक्षाघात भएपछि पौडी खेल्नु मुरलीकान्तको जीवनमा एउटा टर्निङ प्वाइन्टको रूपमा आयो।

पुनर्वासको लागि सुरु भएको पौडी खेलले मुरलीकान्त पेटकरलाई पाराओलम्पिकमा पुर्यायाे र उनले १९७२ मा जर्मनीमा स्वर्ण पदक जिते।

000

मुरलीकान्त पेटकर बताउँछन् कि त्यतिबेला आफूलाई भारतीय सेना र चर्चित क्रिकेटर विजय मर्चेन्टले सहयोग गरेको थियो, जसले अपाङ्गता भएका खेलाडीहरूका लागि निकै लगनशीलताका साथ काम गर्थे।

मुरलीकान्त पेटकरले खेलकुदमा कसरी सुरु गरे भन्ने रोचक कथा सुनाउँछन्, ‘जब म गाउँमा स्कुल जान्थें, बाटोमा कुस्तीको अखाडा हुन्थ्यो। त्यहाँ ठूला घरका पहलवानहरू देख्थेँ। उनीहरुका लागि दूध, घिउ आदि आइपुग्थ्यो। पहलवानका लागि जुस बनाइन्थ्याे।’

एकदिन जुस बनाउने मान्छे आएका थिएनन्, त्यहीबेला उनलाई कसैले सहयाेग गर्न भने। उनले सहयाेग गरेबापत बदाम र जुस पिउन पाउँथे। त्यस दिनपछि उनी त्यही काम गर्न थाले।

जसकाे जुस बच्थ्याे, उनी त्यसैकाे जुस पिइदिन्थे। त्यसाे गर्दा–गर्दै उनकाे शरीर पनि बनियाे। एकदिन नजिकैकाे गाउँमा कुस्ती चलेकाे थियाे। ६० काे दशकमा गाउँमा कुस्ती जित्दा एक पैसा र नरिवल पनि पाइन्थ्याे।

कुराकानीको क्रममा मुरली पेटकरले क्यामेरालाई पैसाको सिक्का देखाउँछन् भने, ‘के तपाईंले कहिल्यै पैसा देख्नुभएको छ? त्यो दिन मैले कुस्तीमा पैसा जितेँ। मसँग त्यो सिक्का अझै छ। यो हेर्नुहोस् ...यो मेरो पहिलो हो। सम्पूर्ण प्रक्रिया त्यहाँबाट सुरु भयो र जब म हुर्किए, मलाई सेनामा पठाइयो।’

आफ्नो कडा परिश्रम, समर्पण र अरूको मद्दतले मुरलीकान्त त्यो चरणमा पुगे जुन कुनै पनि खेलाडीको लागि सबैभन्दा ठूलो लक्ष्य थियाे, प्याराओलम्पिक।

युद्धभूमिबाट सुरु...

मुरलीकान्तले सन् १९७२ का ती केही दिनको बारेमा भने, ‘जब हामी जर्मनी पुग्यौं, त्यहाँ बस्ने धेरै भारतीयहरू आए, उनीहरूले मलाई फूल दिए। मलाई विजेता बनेजस्तो लाग्यो। फाइनलमा म पटक्कै नर्भस भइनँ। मैले विश्व कीर्तिमानको बारेमा सोचेको थिइनँ।’

उनले पछि मात्रै थाहा पाए कि उनले गाेल्ड मेडलसहित विश्व कीर्तिमान पनि बनाएका थिए। उनकाे जितमा दर्शकहरू रमाइरहेका थिए। त्याेबेला उनले भारतीय झणडा चुमेका थिए।

खेल जितेर जब उनीहरू भारतकाे एयरपाेर्टमा पुगे तब धेरै मान्छेकाे घुइँचाे लाग्याे। सबैजना पालैपालाे गरेर उत्रिए तर उनी ह्वीलचेयरकाे पर्खाइ थिए।

त्यहीबेला एउटी सानी केटी आइन्। र, उनीसँग भन्न थालिन्, ‘अंकल मलाई तपाईंको मेडल देखाउनुहोस्।’

युद्धको मैदानबाट सुरु भएकाे उनकाे कथा पाराओलम्पिकमा खेलकुदको मैदानमा उत्कर्षमा पुग्याे।

प्यारालम्पिक खेलहरूकाे कुरा गर्ने हाे भने, यो सीधा युद्धसँग सम्बन्धित छ। दोस्रो विश्वयुद्धपछि धेरै सैनिक घाइते भए र धेरै सैनिक अपाङ्ग पनि भए।

उनीहरुको पुनःर्स्थापनाकाे लागि खेलकुद सुरु भएको थियो, जसले बिस्तारै प्रतिस्पर्धात्मक खेलकुदको रूप लियो।

सन् १९४८ मा लण्डनमा ओलम्पिक खेलकुद आयोजना हुँदा स्टोक मन्डेभिल अस्पतालसँग सम्बन्धित लुडविग गुटम्यानले ह्वीलचेयर खेलाडीहरूका लागि प्रतियोगिता आयोजना गरेका थिए। पछि यसले पाराओलम्पिक खेलको रूप लियो।

मुरलीकान्तले खेलकुदले खुशी र सकारात्मकता ल्याउँछ भने युद्धले विनाश र पीडा ल्याउने बताउँछन्। 

कार्तिक आर्यनको प्रतिक्रिया

पौडी खेल्नुका साथै उनले सन् १९६८ मा भएको प्याराओलम्पिक खेलकुदमा टेबल टेनिसमा भारतको प्रतिनिधित्व गरेका थिए।

१९६७ मा उनी शटपुट, भाला, डिस्कस थ्रो, भारोत्तोलन, टेबल टेनिस र आर्चरीमा महाराष्ट्र स्तरमा च्याम्पियन बने।

उनलाई बक्सिङका लागि भारतबाट टोकियो पठाइएको थियो।

अपाङ्गता भएका खेलाडीको जीवनलाई यति धेरै महत्व दिएकोमा मुरलीकान्त आफ्नो जीवनमा फिल्म बन्न लागेकोमा खुसी छन्।

अभिनेता कार्तिक आर्यनले मुरलीकान्तको वास्तविक कथा सुन्दा उनको प्रतिक्रिया यस्तो थियो, के यो साँचो कथा हो, के यस्तो हुन सक्छ?

चन्दु च्याम्पियन फिल्ममा भनिएको छ, ‘च्याम्पियन लड्छ तर रोकिदैन।’ मुरलीकान्त अहिले पनि खेलाडीसँग सक्रिय छन्। सन् १९७२ मा भारतका लागि स्वर्ण जितेका मुरलीकान्तलाई २०२१ मा पद्मश्री प्रदान गरिएको थियो।

सन् २००८ मा अभिनव बिन्द्राले र २०२१ मा नीरज चोपडाले दोस्रो स्वर्ण जित्दा भारतले ओलम्पिकमा व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण पदक जित्न २१ औं शताब्दीसम्म पर्खनुपरेको थियो।

तर पौडीबाज मुरलीकान्त पेटकरले ५२ वर्षअघि भारतलाई प्याराओलम्पिकमा पहिलो स्वर्ण पदक दिलाएका थिए।

त्यो समय थियो जब भारतमा पाराओलम्पिकको बारेमा कमै चर्चा हुन्थ्यो।

शारीरिक रूपमा अपाङ्गता भएका खेलाडीका लागि विशेष सुविधा थिएन। तर, स्विमिङजस्ता खेलमा भारतले अहिलेसम्म ओलम्पिकमा कुनै पदक जित्न सकेको छैन। –बीबीसीकाे सहयाेगमा

प्रकाशित मिति: : 2024-06-14 07:17:00

प्रतिकृया दिनुहोस्