विद्यालयका सटरहरू बन्द नगर्न काठमाडौँ महानगरलाई उच्च अदालतको आदेश

File Photo
File Photo

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई सामुदायिक विद्यालयका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएकाे छ।

बिहीबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ गतेसम्म सामुदायिक विद्यालयबाट भाडामा लिएका सटर बन्द नगर्न आदेश दिएको हाे।

अदालतले असार ७ गते रिटका पक्ष विपक्षलाई छलफलका लागि बाेलाएकाे छ।

काठमाडौँ महानगरले सामुदायिक विद्यालयहरूका सटर बन्द गरेपछि तुलसीप्रसाद अगस्तीले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए।

महानगरको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले वहालमा दिएकाे १७५ बढी सटरमा ताला लगाएको छ।

प्रकाशित मिति: : 2024-06-13 13:36:00

प्रतिकृया दिनुहोस्