गण्डकीमा मन्त्रिपरिषद् विस्तार: ‘फ्लोर क्रस’ गर्ने देवकोटा र मनाङे बने मन्त्री

Break n Links
Break n Links

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मंगलबार मुख्यमन्त्री पाण्डेले नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाएका हुन्।

देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्री देवकोटा र मनाङेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।

नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्हबाट चुनाव लडेका देवकोटाले साेमबार फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए।

माओवादीकाे ह्विप उल्लंघन गरेर पाण्डे नेतृत्वकाे सरकार जाेगएका देवकोटाले मन्त्री उपहार पाएका हुन्। यसैगरी मनाङे गण्डकीमा छैटौँ पटक मन्त्री बनेका हुन्।

यसअघि कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यसअघि नै नियुक्त भइसकेका छन्। यससँगै गण्डकीमा ५ सदस्यीय मन्त्रिमण्डल बनेकाे छ।

याे पनि...
प्रकाशित मिति: : 2024-06-11 12:02:00

प्रतिकृया दिनुहोस्