भाकपाको कन्तबिजोगबाट नेपाली कम्युनिस्टहरूले के सिक्ने ?

शिलापत्र

विमल पाेखरेल
Break n Links
Break n Links

भर्खरै भारतीय लोकसभा निर्वाचन २०२४ काे नतिजा सार्वजनिक भएको छ । एक्जिट पोलहरूले बढीमा एक सिट जित्ने अनुमान गरिरहेका बेला चार कम्युनिस्ट घटकहरूबाट ९ सांसदहरूले भारतीय संसदमा वामपन्थी प्रतिनिधित्व गर्ने भएका छन् । दुई दर्जन धेरै कम्युनिस्ट पार्टीहरू रहेको भारतमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले ४, भाकपा र भाकपा (माले) ले २/२ र क्रान्तिकारी समाजवादी पार्टीले १ सिटमा चुनाव जितेका हुन् ।

भारतमा कम्युनिस्ट पार्टीको प्रभाव कसरी खुम्चिँदै गयो ? त्यसको मुख्य कारण निरन्तरको विभाजनलाई मान्ने गरिएको छ । सशस्त्र संघर्षको लाइनवालाहरू पनि फुटे भने संसदीय राजनीति गरिरहेका पार्टीहरू पनि फुट र विभाजनमै रमाउन थाले । तिनीहरू देशका लागि निर्णायक शक्ति हुन त सकेनन् नै, टुटफुटबाट कमजोर बन्दै गए । आफूलाई माओवादी भन्न रुचाउने कम्युनिस्ट पार्टीहरूले लामो समयदेखि सशस्त्र संघर्ष गरिरहे पनि त्यसको प्रभाव छिटफुट हिंसामा सीमित छ, राज्य व्यवस्था परिवर्तन गर्नेभन्दा मानवीय क्षतिमै लामो समय गुजारेको छ ।

चुनावी नतिजाले देखाएको भारतीय कन्तबिजोगबाट नेपाली कम्युनिस्ट पार्टीहरूले सिक्नुपर्ने पाठबारे विश्लेषण गर्नुअघि भाकपा १०४ वर्ष लामो इतिहासबारे चर्चा गरौँ ।

प्रकाशित मिति: : 2024-06-07 18:05:00

प्रतिकृया दिनुहोस्