गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

File Photo
File Photo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन्।

पाण्डे सर्वोच्च अदालतको परमादेशपछि जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले २८ गते विश्वासको मत लिन लागेका हुन्।

सर्वोच्चले नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। 

प्रकाशित मिति: : 2024-06-07 17:43:00

प्रतिकृया दिनुहोस्