मधेशमा ढल्यो जसपा नेपालको सरकार

Break n Links
Break n Links

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले मागेको विश्वासको मत अपुगे भएपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेको हो। 

विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत पर्‍यो भने ५३ मत पर्‍यो। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मत आवश्यक पर्थो। १०७ प्रदेशसभामा बुधबार १०३ सांसदमा मात्र उपस्थित थिए। 

मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)ले विश्वासको मत दियो। विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरे।

यसअघि गठबन्धनमा फेरबदल भइरहँदा यादवले ४ पटक विश्वासको मत मागिसकेका थिए। यो ५औँ पटक गठबन्धनमा आएको फेरबदलले उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन्। 

गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए। 

मधेश प्रदेशमा  अब जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने गरी दलहरूले तयारी थालेका छन्। 

प्रकाशित मिति: : 2024-06-05 20:53:00

प्रतिकृया दिनुहोस्