‘लामा दाइ’ काठमाडौँबाट हिँडेरै ५७ दिनमा सगरमाथा चुम्न सफल

Break n Links
Break n Links

काभ्रेका राजेश लामा काठमाडाैँबाट ५७ दिन हिँडेर सगरमाथाको चुचुरो चुम्न सफल भएका छन्।

लामाले गत चैत १९ (१ अप्रिल २०२४) मा सगरमाथाका लागि पदयात्र सुरु गरेका थिए। त्यसको ५७औँ दिनमा उनी सथरमाथाको चुचुरो पुगेका हुन्।

काभ्रेको भुम्लु गाउँपालिका- ४, दुधगाँउ चौवासका ३५ वर्षे लामा पेशाले ट्रेकिङ गाइड हुन्। उनी ‘लामा दाइ’को नामले परिचित छन्। लामाले आफ्नो आरोहणकाे अनुभव बाढ्दै दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको सुनाए।

‘इच्छाशक्ति, धैर्यता र अठोट भए जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गर्नसकिन्छ,’ उनले भने। उनी १५औँ दिनमा लुक्ला पुगेका थिए। ‘यो मेरो यात्राको महत्वपूर्ण कोशेढुङ्गा हो,’ उनले भने।

उनले रेन्जो ला (५,३६० मि), चो ला (५,४२० मि)को चुनौतीपूर्ण उच्च हिमाली पदमार्गहरू पछ्याएका  थिए। यो यात्रा हिमालका मनमोहक दृश्य लागि परिचित छ। २७ अप्रिल २०२४ मा लामाले लबुचे शिखरमा पुगेका थिए।

त्यसैगरी १५ मे २०२४मा लामा दाइ र उनको टोली एभरेस्ट बेस क्याम्पबाट अन्तिम गन्तव्य सगरमाथा आरोहणको यात्राको लागि प्रस्थान गरेको थियो।

अन्तत: २० मे २०२४को दिन अर्थात् काठमाडौँबाट हिडेको ५७ दिनमा विभिन्न चुनौतीहरु पार गर्दै लामा दाइ सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए।

सन् १९५३मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गर्दा प्रयोग गरेको पराम्परागत मार्ग पछ्याएको लामाको भनाइ छ।

यो यात्रामा उनले कूल ४३२.६ किमीको दूरी पैदलयात्रा गरेका छन्।

लामा दाइको सगरमाथाको पैदल यात्रामा नर्थ फेस नेपालले सहयोग गरेको थियो। कम्पनीले उच्चगुणस्तर र टिकाउ पदयात्री र आरोहिहरुको लागि ज्याकेट, ब्याकप्याक, जुत्ता र अन्य आवश्यक गियरहरूसहितको उत्पादनहरू बिक्री वितरण गर्दै आएको छ।

काठमाडौँमाबाहेक यसको स्टोर नाम्चेमा पनि छ। स्टोर्सले ट्रेकर्स र पर्वतारोहीहरूको आवश्यकताहरू पूरा गर्न सहयोग पुर्‍याएको छ।

प्रकाशित मिति: : 2024-06-05 19:29:00

प्रतिकृया दिनुहोस्