अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

photo: Agency
photo: Agency

बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन्।

आज (मंगलबार) सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन्।

कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन्। कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन्। भने, उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2024-06-04 19:27:00

प्रतिकृया दिनुहोस्