सरकारी जागिर छाडेका सिबी लामा सहकारीको ८ अर्ब अपचलनमा पक्राउ

तस्बिर: सिबी लामा/ शनि शाक्य, बिएल नेपाली सेवा
तस्बिर: सिबी लामा/ शनि शाक्य, बिएल नेपाली सेवा

सहकारीको ८ अर्ब बढी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी लामा (चन्द्रबहादुर लामा)लाई प्रहरीले सार्वजनिक गरेको छ। 

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको ८ अर्ब बढी रकम अपचलन गरेको आरोपमा उनी चितवनको भरपुरबाट शुक्रबार (जेठ १८ गते) पक्राउ परेका थिए।  

उनलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्जनिक गरेको छ। सहरकारीको रकम अपचलन गरेको उजुरीपछि जिल्ला अदालत काठमाडौँले उनलाई गएको फागुन २० गते पक्राउ पूर्जी जारी गरेको थियो। 

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा उनी २०५५ देखि २०७६ सम्म अध्यक्ष थिए। पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ २०५५ सालदेखि हालसम्म उनी अध्यक्ष छन्। 

नेपाल सरकारले एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम ल्याएपछि कान्तिपुरबाट २०७६ मा राजिनामा दिएका थिए। तर अध्यक्ष रहँदा उनले कान्तिपुरमा रकम अपलचलन गरेको भन्दै ९५२ जनाले जाहरी दिएका छन्। 

कान्तिपुरमा रहँदा सिबीले १ अर्ब ५१ करोड २५ लाख ५२ हजार रुपैयाँ अपचलन गरेको आरोप छ। 

यस्तै पशुपति सेभिङका ५४ जना बचतकर्ताले १२ करोड हाराहारी रकम अपलन गरेको भन्दै उजुरी दिएका छन्। दुई सहकारीका बचतकर्ताले उनीविरुद्ध उजुरु प्रहरीमा दर्ता गएपछि उनीमाथि छानबिन गर्न प्रहरीले पक्राउ गरेको हो। यो प्रहरीमा उजुरी परेको आधारको रकम हो। उनीमाथि सहकारीको ८ अर्ब बढी रकम अपचलनको आरोप बचतकर्ताले लगाउँदै आएका छन्।

सिबीमाथि विभिन्न प्रहरी कार्यालयमा अन्य ४ वटा बैंकिङ कसुरको मुद्दा चलेको र ३ वटा मुद्दामा फरार रहेको पाइएको प्रहरीले जनाएको छ। 
यसअघि उनी सरकारी जागिरे पनि थिए। २०५२ भदौमा स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर भएर काम गरेका थिए। 

८ महिना मात्र सरकारी काम गरेका उनी त्यसपछि २०५५ मा कान्तिपुर सेभिङ खोलेर अध्यक्ष बनेका थिए। सरकारी जागिरे हुनुअघि उनले ०४९ सालमा ओसियन एड्भरटाइजिङमा काम गरेको र त्यस समयमा आफू पत्रकार रहेकोसमेत प्रहरी समक्ष बयान दिएका छन्। 

काभ्रेको तेमाल गाउँपालिका– ५ घर भएका सिबी ललितपुरको वयस्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए। पक्राउ पूर्जी जारीपछि भने उनी चितवनमा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

भिडियो–

प्रकाशित मिति: : 2024-06-02 18:44:00

प्रतिकृया दिनुहोस्