दाङमा किसानमाथि प्रहरीको लाठी चार्ज

Break n Links
Break n Links

दाङको घाेराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसानमाथि प्रहरील लाठी चार्ज गरेको छ।

आइतबार बिहान करबि १० बजे कार्यालयमा ताला लगाउन गुठी पीडित किसानमाथि प्रहरीले लाठी चार्ज गर्दा केही किसान घाइते भएका छन्। 

यद्यपि किसानहरूले मालपोत र नापी कार्यालय अगाडी आन्दोलन गरिरहेका छन्।

उनीहरुले  सरकारले पटक–पटक आफुहरुसँग विभिन्न सम्झौता गरेपनि कार्यान्वयन नगरेकाले तालबन्दीमा उत्रनु परेको गुठि पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चाैधरीले जानकारी दिए।

प्रकाशित मिति: : 2024-06-02 10:59:00

प्रतिकृया दिनुहोस्