सत्तारुढ दलहरूबीच परामर्श नगरेर बजेट ल्याइयो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट सत्तारुढ दलहरूबीचमा परामर्श नगरेर ल्याएको बताएका छन्। शनिबार नयाँ बानेश्वरमा आयोजित संसदीय दलको बैठकमा उनले परामर्शविना बजेट आउँदा धेरै महत्वपूर्ण विषय छुटेको बताए। 

ओलीले बजेटमा केही महत्वपूर्ण विषय समेटिएको भए पनि परामर्श नगरेका कारण थप्न सकिने केही महत्वपूर्ण विषय छुटेको बताए। उनले बजेटमाथि अध्ययन गरी सरकारलाई सुझाव दिन पनि सांसदलाई निर्देशन दिए। 

‘कुन कुन मन्त्रालयमा कुन कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ। यी सबै विषयमा अध्ययन गरी सुझाव दिनुहोला’ उनले भने। 

बजेटमा कमजोरी रहे पनि त्यसलाई पारित गरेर जानुको विकल्प नरहेको ओलीले बताए। 

प्रकाशित मिति: : 2024-06-01 14:23:00

प्रतिकृया दिनुहोस्