साताका चर्चित १५ तस्बिरहरू

यस साता विश्व गर्मीमय भयो। भारतमा अधिक गर्मीका कारण चार दर्जन बढी नागरिकले ज्यान गुमाउनुर्‍यो। अन्य देशमा पनि गर्मीले उस्तै हाल बनाइरहेको छ। नेपालमा गर्मीले ४५ डिग्री पुग्न थालेको छ। 

यसै साता अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी अभियोगले पनि चर्चा पायो। इजरायल र प्यालेस्टिनीबीचको युद्ध महिनौँदेखि जारी छ। यस साता मनोरञ्जन क्षेत्र तथा खेल क्षत्रले पनि चर्चा पाए। 

यस सता विश्वमा कुन–कुन विषयले चर्चा पाए त? रोयटर्सका फोटो पत्रकारले कैद गरेका १५ तस्बिरहरू हेर्नुहोस्:

१– इजरायली हमलामा मारिएका प्यालेस्टिनीहरूको अन्त्येष्टि गर्ने क्रममा शवको छेउमा शोक ब्यक्त गर्दै आफन्तहरु दक्षिणी गाजा पट्टीको रफाहमा  विस्थापित मानिसहरूका लागि तोकिएको क्षेत्रमा

२– सन् २०१६ मा अश्लिल सिनेमा कि नायिका स्टर्मी डेनियल्सलाई चुप गराउनका लागि तिरेको पैसा लुकाउनका लागि व्यापारिक रेकर्ड झूटो गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी मुद्दाको फैसलापछि म्यानहट्टन आपराधिक अदालत बाहिर एक व्यक्ति प्लेकार्ड बोकेर प्रदर्शन गर्दै, अमेरिकाको न्यु योर्कमा

३– चुनावको क्रममा मतदान गर्न अस्पताल हिल टाउनशिपमा लामबद्ध मतदाताहरुको ड्रोन दृश्य दक्षिण अफ्रिकाको जोहानेसबर्गमा

४– नहरमा राखिएको पानीको पाइपको चुहावट भल्भबाट खुट्टा धुँदै महिलाहरू भारतको ओडिशा राज्य स्थित केन्द्रपारामा

५– ग्रीनल्याण्डबाट ल्याब्राडोर सागरमा दक्षिणतिर बगेको आइसबर्गहरू नजिक एउटा डुङ्गा सेन्ट लुनेयर-ग्रिकेट, क्यानडाको न्युफाउन्डल्याण्डमा

६– उत्तर कोरियाले पठाएको विश्वास गरिएको, फोहोर र मलमूत्र जस्ता विभिन्न वस्तु बोकेको बेलुन दक्षिण कोरियाको चेओरवोनमा रहेको धान खेतमा

७– वार्षिक रुपमा आयोजना हुने कुपरको हिल चिज रोलिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्दै प्रतियोगीहरु ब्रोकवर्थ, बेलायतमा

८– ट्रान्स स्नो वर्ल्ड बिन्टारोको इनडोर स्नो पार्कमा खेल्दै एक बालिका  इन्डोनेसियाको जकार्तामा

९– बायर लेभरकुसेन विरुद्धको खेल अघि स्टेडियम भित्र वान एफ सी  कैसरस्लाउटनका प्रशंसकहरू आफ्नो टिमलाई हौसला प्रदान गर्दै जर्मनीको बर्लिनमा

१०– मोटरसाइकल सिजनको उद्घाटनको अवसरमा  परेडमा भाग लिँदै बाइकरहरू रसियाको मस्कोमा

११– फ्रान्सको कान्समा भएको ७७ औं कान्स फिल्म फेस्टिभलमा प्रतिस्पर्धामा "अल वी इम्याजिन एज लाइट" सिनेमाको प्रदर्शनको  लागि आगमनको क्रममा प्रसिद्द गायक माइकल ज्याक्सनको लुगा लगाएका एक अज्ञात व्यक्ति रातो कार्पेटमा फोटो पत्रकारहरुलाई पोज दिँदै

१२– करिब एक हजार ड्रोनहरू विश्वको पहिलो डोरेमोन ड्रोन शोको क्रममा भिक्टोरिया हार्बर माथिको आकाशलाई उज्यालो पार्दै हङकङ, चीनमा

१३– एल डोराडो अन्तर्राष्ट्रिय विमानस्थलमा हास्य चरित्र माफाल्डाको मूर्ति, कोलम्बियाको बोगोटामा

१४– पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्यु योर्कको म्यानहट्टन फौजदारी अदालतमा आफ्नो आपराधिक मुद्दाको सुनुवाईको क्रममा, अमेरिकामा

१५–  ग्रेट हल अफ द पिपुलमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीको स्वागत समारोहअघि सम्मान गार् का सदस्यहरू बेइजिङ, चीनमा

प्रकाशित मिति: : 2024-06-01 11:11:00

प्रतिकृया दिनुहोस्