प्रचण्ड, ओली र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता, के भयाे कुराकानी?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

तीन नेताबीच शुक्रबार दिउँसाे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो।

भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिक विषय, बजेटलगायतका विषयमा छलफल भएकाे बताइएकाे छ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ। यस विषयमा पनि उनीहरूबीच छलफल भएकाे बताइएकाे छ। 

 याे अवस्थामा तीन नेताबीच भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

प्रकाशित मिति: : 2024-05-31 17:13:00

प्रतिकृया दिनुहोस्