व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढेको छ: गगन थापा

File Photo
File Photo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढेको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै महामन्त्री थापाले यसकाे दोष व्यवस्थाको नभइ व्यवस्था चलाउने पात्र र प्रवृतिको भएकाे बताए।

बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय भएकाे भन्दै उनले समीक्षा र प्रण गर्न आग्रह गरे।

‘आज १७औं गणतन्त्र! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो। बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन्। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले देशमा व्याप्त निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत रहन आग्रह गरेका छन्।

महामन्त्री थापाले लेखेका छन्:

२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण !

आज १७औं गणतन्त्र ! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो। बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन्। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं।

यही निराशाको तावामा विभिन्न आवरणमा ब्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहदैं लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस्।

गणतन्त्र दिवसको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना !

प्रकाशित मिति: : 2024-05-28 13:25:00

प्रतिकृया दिनुहोस्